दुइतिरको लक डाउनले उद्योग तथा कलकारखाना बन्द

कञ्चनपुर । सरकारले लक डाउन घोषणा गरेपछि जिल्ला सदरमुकाम महेन्द्रनगर बजारसहित गड्डाचौकी सीमा नाका र अन्यका उद्योग तथा कलकारखाना बुधबार पनि बन्द भएका छन ।  भारतले समेत मंगलवार राति १२ बजे देखि लागू हुने गरी  लक डाउन घोषणा गरेपछि सीमा नाका पूर्ण रुपमा बन्द भएको हाे ।

बन्दको बाबजुत कञ्चनपुरको ब्रह्मदेव नाका भएर १० जना र गड्डाचोकी नाका भएर ७ जना यात्रु नेपाल भित्रिएका छन । केही यात्रु बनवासको पुलमै रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जानकारी दिएको छ ।

केही दिनअघि भारतको बंगलोरबाट घर आएका शुक्लाफाटा नगरपालिका का १ जना शंकास्पद व्यक्तिलाई चेकजाँचका क्रममा ज्वरो देखिएको थियो । उनलाई महाकाली अस्पतालको आलेसोलेसल वार्डमा राखिएको अस्पतालका प्रवक्ता सरोज आचार्यले जानकारी दिनुभएको छ ।

प्रवक्ता आचार्यले केही दिनअघि अस्पतालको आइसोलेसनमा राखिएका ३ जना मध्ये दुई जनाको स्वाव टेकु अस्पताल पठाएको र रिपोर्ट आइनसके पनि मौखिक रुपमा उनीहरुको रिपौर्ट नेगेटिभ रहेको मौखिक जानकारी पाएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…