Logo आश्विन १३, २०७७ मंगलबार


कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै आएका ४ जनाकाे पहिचान, गाउँ नै सिल गरियाे

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार यएरवेजको विमानबाट नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगञ्जका रहेको पहिचान भएको छ ।

कतारबाट छोरालाई भेटेर आएका उनीहरुले गाँउघरमा चक्लेट बाँढेपछि वरिपरीका करिव सय घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो।

कतारमा रहेका छोरालाई भेट्न एक महिना अघि सर्लाहीबाट बाबुआमा, बुहारी र छोरा गएका थिए । नेपाल आएसँगै उनीहरुले गाउँलेलाई चकलेट बाँढेका थिए ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ ।

उनीहरु त्यही विमानबाट काठमाडौं हुँदै ७ दिन अघि सर्लाही पुगेका थिए । उनीहरुसँगै आएकी यूवतीलाई कोरोना संक्रमण देखिए पनि हालसम्म ४ जनाकै स्वास्थ्य परिक्षण गर्दा सामान्य देखिएको छ ।

विमानमा आएकाहरुको पहिचान गरी चारै जनालाई घरकै ‘क्वारेन्टाइन’मा राखिएको र गाउँ नै सिल गर्नुपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।