कोरोना संक्रमित युवतीसँगै आएका उदयपुरमा पनि २ युवा, यस्तो छ उनीहरुको अवस्था

सुखीलाल चौधरी
उदयपुर । कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै विमानमा उदयपुरका २ युवा पनि आएको पुष्टि भएको छ । त्रियुगा नगरपालिकाका १ र लिम्चुङबुङ गाउँपालिकाका १ गरी युवा कोरोना संक्रमित युवतीसँग चैत्र ४ गते नेपाल आएका हुन् ।

त्रियुगा नगरपालिकाका युवा जोर्डनबाट कतार हुँदै नेपाल आए । उनी अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कतारबाट क्युआर ६५२ नम्बरको जहाजबाट आएकी ती युवतीमा कोरोना संक्रमित देखिएपछि त्रियुगाका युवा पनि डाक्टरको सम्पर्कमा आएका छन् । जोर्डनबाट आएका युवाको रगत परीक्षणको लागि धरान पठाएको छ । अहिले उनमा कुनै त्यस्तो संक्रमणको लक्षण देखिएको छैन् ।

‘म अहिले सेल्फ क्वारेन्टाइनमा बसेको छु’ उनले भने, ‘टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको डाक्टर र विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको डाक्टरसँग नियमित सम्पर्कमा छु । डाक्टरले आतिनु पर्दैन लक्षण देखिएमा मात्र यहाँ आउनु भन्नुभएको छ ।’ उनले आफू घरमा सजकताका साथ बैग्लै बसेको जानकारी गराएका छन् । ‘छुट्टै कोठामा बसेको छु, छुट्टै ट्वाइलेट बाथरुम प्रयोग गरेको छु भने घर बाहिर कहि कत्तै गएको छैन्’ उनले भने ।

यस्तैकतारबाट नेपाल आएका अर्का युवा लिम्चुङबुङ गाउँपालिकाका हुन् । उनी पनि आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेकाको जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगरले जानकारी दिनुभएको छ । यस्तै त्रियुगा नगरपालिका ६ का एक युवा पनि सिंगापुरबाट भर्खरै आएपनि उनी पनि सेल्फ क्वारेन्टाइनमा रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग…

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको…

सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले…

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी…