लकडाउन उल्लङ्घन गरे बल प्रयोग गर्ने प्रहरीको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको ‘स्व-कफ्र्यु’ (लकडाउन)अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी गरेको छ। लकडाउनको दोस्रो दिन काठमाडौं उपत्यका लगायत देशको बिभिन्न स्थानमा केही उल्लङ्घनका घटना बढेपछि प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुसी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो।

थप एक व्यक्ति कोरोना सङ्क्रमित फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ। सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ।

गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएको सो कानुन कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिए। यो ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको हो । उनले यो ऐन कार्यान्वयनका क्रममा केही अन्योला उत्पन्न भई सानातिना समस्या देखिए पनि सहज रूपमा समाधान भएको स्पष्ट पारे।

आफूखुसी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू बन्द नहुने र सदाझैँ निर्बाध रूपमा सञ्चालन गर्न गराइदिन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुसी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीले अप्ठ्यारो परेकालाई सोधपुछ गरी छोडिदिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन भएको बताए। आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…