लकडाउन उल्लंघन गर्ने ११ जना प्रहरी नियन्त्रणमा

नवलपरासी । सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट, सुनवल, बासालगायत जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गरी सवारी चलाएको पाइएपछि मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी ले जनाएको छ ।

सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न जिल्ला प्रशासन ले निषेधाज्ञा जारी गरेको छ । बुधबार दोस्रो दिन निषेधाज्ञा अवज्ञा गरी प्रहरीलाई अवरोध पुर्याउन खोजेपछि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरुलाई सम्झाएर छाडिने उहाँले जानकारी दिनुभयो ।

लकडाउनको पहिलो दिन मंगलबार पनि जिल्लाका विभिन्न स्थानबाट २२ मोटरसाइकल, एक ट्रक र दुई टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको हो । तेस्रो दिन बिहीबार नवलपरासी सुनसान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

काठमाडौं । मुलुकको विभिन्न स्थानमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि भएको आक्रमणको निजामती कर्मचारीहरुको आधिकारिक ट्रड यूनियनले भर्त्सना…

काठमाडौं ।  लकडाउन जारी नै रहेको समयमा व्यापारीले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाबारे…

सुखिलाल चौधरी उदयपुर । कटारी नगरपालिकाकामा १२ वर्षीया बालिकाको पेटमा ८ साताको गर्भ रहेको पाइएको छ । बालिकाको पेटमा ८…