कोरोना संक्रमित युवतीसँगै आएका बाग्लुङका ४ जना यात्रुको पहिचान खुल्यो

शिब बोहोरा
बाग्लुङ । कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका बाग्लुङका ४ जना यात्रुको पहिचान खुलेको छ । सरकारले काठमाडौंको टेकुमा उपचारको लागि आएका एकजना युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीसँगै आएका यात्रुको खोजी गर्दा बागलुङमा ४ जना भेटिएको प्रहरीले जनाएको छ ।

बाग्लुङ नगरपालिका वडा नम्बर ३ की एक महिला, ४ की एक किशोरी, बाग्लुङ नगरपालिका वडा नम्बर १२ का एक र ढोरपाटन नगरपालिका अधिकारीचौरका एकजना गरि ४ जनाको पहिचान खुलेपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ की युवतीलाई ज्वरो र रूघा खोकी लागेपछि धौलागिरि अन्चल अस्पताल बाग्लुङले स्वाब परिक्षण गर्न काठमाडौं पठाएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।

बाग्लुङमा अहिलेसम्म कोरोना भाइरसको संक्रमित भने भेटिएका छैनन् । यसअघि भारतबाट घर फर्केका बानपा ७ का एकजनालाई कोरोना संक्रमित हुन सक्ने आशंकामा आईसोलेसन वार्डमा राखि स्वाब टेष्टको लागि पठाईएको र रिर्पोट आउन बाँकी रहेको जनस्वास्थ्य अधिकृत राम प्रसाद खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…