कोरोना सर्ने डरले औषधि पसल नै बन्द

नवलपरासी । सरकारले खाद्यान्न, दुध, औषधि र सञ्चार लगायत खुला राख्ने निर्णय गरे पनि प्रतापपुर गाउँपालिकास्थित गोपीगञ्जका औषधि भने बन्द छन् । कोरोना भाइरसका बिरामी आउने डरले व्यवसायीले औषधि पसल नै बन्द गरेका हुन् ।

जिल्ला प्रशासनले अनुगमन गर्दा गोपीगञ्जका दुई मेडिकल पसल रहेको पाइएको हो । गोपीगञ्जमा चार मेडिकल छन् । त्यसमध्ये सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिनुभयो । बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उहाँले बताउनुभयो ।

‘कोरोनाका बिरामी आउने डरले उहाँहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौं’ उहाँले भन्नुभयो, ‘यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन्, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौं’

सरोज मेडिकलका सञ्चालक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताउनुभयो । ‘कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौं’ उहाँले भन्नुभयो, ‘त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु ।’
यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताउनुभयो । प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उहाँले पनि औषधि पसल सञ्चालन गर्नुभएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो ।

अनुगमन टोलीले जिल्लाको परासी, भूमही, बासा, भूताहा, बर्दघाट, जिमिरेभार, गोपीगञ्ज, सूर्यपुरा, भुजहवा, महेशपुर, बेलाशपुर, उज्जैनीलगायतमा सञ्चालित ग्यास डिलर, खाद्यान्नलगायतका अतिआवश्यक वस्तु बिक्री गरिरहेका पसलमा कालोबजारी र कृत्रिम अभाव भए÷नभएको अनुगमन गरेको छ । ग्यास अभाव नभएपनि केही किराना पसलमा कालोबजारी भएको पाइएपछि सचेत गराइएको भुसालले बताउनुभयो ।

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित मिठाइ पसल, चिया पसल तथा चोकचौराहामा भीडभाड गरी बसेकालाई पनि सम्झाइबुझाइ भीडभाड नगर्न, मास्क प्रयोग गर्न, सरसफाइमा जोड दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– अध्ययनमा मन जानेछ । सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । वृष– मानसिक अशान्ति बढ्नेछ । घरायसी…

काठमाडौं । बन्दाबन्दी  (लकडाउन्) खुकुलो भएसँगै मुलुकभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा यातायातका…

यसमा शब्द हर्क साउद, संगीत सुजन चापागार्ईं, स्वर सुजन चापागार्ईं अनि विद्या तिवारीको रहेको छ ।

चितवन प्रहरीले जिल्लामा हुने सवारी साधन दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ ।

बैठकमा दुई पार्टीको एकता पछिको संगठन समायोजन र पदाधिकारीको कार्यविभाजनका सम्बन्धमा पनि छलफल हुने छ ।

तनहुँ । व्यास नगरपालिकामा घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर नगरपालिकाकाे वडा…