रसुवागढी र ताताेपानी नाका सुचारु गर्ने निर्णय : आदेश आए खोल्छौं– प्रशासन

काठमाडौं । मित्रराष्ट्र चीनतर्फको प्रमुख नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी खाेल्ने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणप्रति सजकता अपनाउन बन्द रहेको नाका सरकारले अत्यावश्यक वस्तु आयात–निर्यातको लागि खोल्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार साँझ बसेको बैठकले नाका खोल्ने निर्णय गरेको हो ।  उच्च स्तरीय समितिले स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंछी विकास मन्त्रालयले तयार पारेको स्वास्थ्य सम्बन्धी ‘प्रोटोकल’को आधारमा यी दुई नाका खोल्ने निर्णय गरिएको जनाएको छ ।

समितिले गरेको विभिन्न निर्णयको १ नम्बर बुँदामा भनिएको छ– स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंछी विकास मन्त्रालयले तयार पारेको स्वास्थ्य सम्बन्धी ‘प्रोटोकल’ अनुसार चीनतर्फको रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने । यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने ।’ त्यसलाई अब मन्त्रिपरिषद्ले पनि निर्णय गर्नेछ । सरकारले त्यसपछि नेपालतर्फ खुला गर्दै चीनलाई पनि नाका खोल्न आग्रह गर्नेछ ।

कोरोना भाइरस संक्रमणको कारण रसुवागढी र तातोपानी नाका चीनले माघ १५ गतेदेखि नै बन्द गरेको छ । चीनले पहिल्यैदेखि बन्द गरे पनि नेपालले भने एकतर्फ रुपमा नाका संचालन गर्दै आएको थियो । मुलुकमा कोरोनाको संत्रासपछि सरकानरले केही दिन छिमेकी राष्ट्र चीन र भारततर्फको सबै नाका बन्द गर्ने निर्णय गरेको थियो । नेपाल र चीन  सरकारकाे निर्णयपछि दुवैतर्फ नाका अहिलेसम्म बन्द छ ।  उच्च स्तरीय समितिले सुचारू गर्ने  निर्णय  गरे पनि नाका खुला भइसकेकाे छैन । उच्च स्तरीय समितिको निर्णयपछि रसुवा र सिन्धुपाल्चोक प्रशासन नाका खोल्न आदेशको पखाईमा छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासन प्रवक्ता बाबुराम खनालले आदेश आएपछि नाका खोलिने बताउनु भयो । ‘उच्च स्तरीय समितिले निर्णय त गर्यो तर त्यसको कार्यान्वयन भने भइसकेको छैन’ उहाँले जनता समाचारसँग भन्नुभयो, ‘त्यसलाई अब मन्त्रिपरिषद्ले पनि निर्णय गर्नुपर्छ । मन्त्रिपरिषद्को निर्णयपछि सरकारले चीनसँग नाका खोल्नको लागि पहलगर्छ । हामीले माथिका(गृह मन्त्रालयबाट निर्देशन आएपछि नाका खोल्छौ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर…

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…