राउटे बस्तीमा पनि लकडाउन

काठमाडौं । नेपालमा कोरोना भाइरसका सङ्क्रमण देखिएपछि राउटे बस्तीमा पनि ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सत्तरी छिन्चुखोला किनारमा अवस्थित राउटे बस्तीमा अन्य मानिसलाई प्रवेश निषेध गरिएको छ । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएको यो समुदाय हालै छिन्चुखोला किनारमा सरेको हो ।

नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि राउटेलाई पनि बस्ती बाहिर आउन नदिने र गैरराउटे समुदायका व्यक्तिलाई उक्त बस्ती प्रवेश गर्न नदिन कडाइ गरिएको बताउनुभयो । नगरप्रमुख चन्दका अनुसार मुखियाको नीति निर्देशनमा चल्ने राउटे समुदायलाई नगरपालिकाका कर्मचारीले लकडाउनबारे सम्झाइ–बुझाइ गरिरहेका छन् ।

नगरपालिकाले राउटे समुदायमा साबुनपानीले हात धुन सिकाउन स्वास्थ्यकर्मी खटाएको छ । वर्षमा एकपटक मात्रै नुहाउने, खुला दिसा–पिसाब गर्ने, सरसफाइमा ध्यान नदिने राउटे समुदायमा सङ्क्रमणको जोखिम हुनसक्ने हुँदा सतर्कता अपनाइएको हो । “राउटे समुदाय सङ्क्रमित भएमा अन्य समुदायलाई तत्काल सर्न सक्ने खतरा छ, राउटेहरु खानेकुराको जोहो गर्न, आफूले बनाएका काठका भाँडा बिक्री गर्न गाउँ–शहर पस्ने गर्दछन्”, नगरप्रमुख चन्दले भन्नुभयो, “खाद्यान्नका लागि गाउँशहर डुल्नुपर्ने अवस्था अन्त्य गर्न नगरले सहयोग गर्दैछ, प्रदेश सरकारसँग पनि आग्रह गरेका छौँ ।

” फिरन्ते जाति भएकाले राउटेहरु त्रिपालमुनि बस्छन् । शौचालय प्रयोग गर्दैनन् । अति लोपोन्मुख आदिवासीमा पर्ने यस समुदायको जनसंख्या १५० मात्र छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग…

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको…

सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले…

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी…