बैंक तथा सहकारी आंशिक रुपमा खुल्यो, पैसा लिन र राख्न यस्तो छ नियम

फाइल तस्बिर काठमाडौं । लकडाउन भएसँगै बन्द रहेको बैंक तथा सहकारी आज(बिहीबार) देखि केही मात्रामा खुलेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको निर्णयपछि बैंक तथा सहकारी आंशिक रुपमा खुलेका हुन् ।
समितिको बुधबार साँझ बसेको बैठकले खाद्यान्न, दुध, औषधि र बैंकिङ्ग र सञ्चार लगायतका अत्यावश्क क्षेत्र सुचारु गर्ने निर्णय गरेको थियो । नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि बैंकहरु नगदसमितिको निर्णयपछि बैंक खुलेका छन् ।
नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछ। समितिले बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटिएम मेसिनमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।