तपाईको यो साता (चैत १६ देखि २२ गतेसम्मको राशिफल)

मेष– वन्धुवान्धवको सहयोगले पुरानो काम बन्नेछ । धनसम्पत्तिको सहयोग मिल्ने एवं काममा फुर्सद मिल्नेछ । मिठो भोजनको सुख मिल्ने एवं परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ । दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ ।
यात्रामा भने झन्झट एवं व्यक्तिगत काममा बाधा पुग्नेछ । आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ ।

वृष– मनोरञ्जनमा समय व्यतिर्त हुनेछ । साथीभाइ भेटघाट बढ्ने एवं आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा अध्ययन राम्रो हुनेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग भेटघाट हुनेछ । मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा भने सामान्य
गडबडी एवं आफन्तसँगको कारोबारमा सामान्य विवाद पर्नसक्नेछ ।

मिथुन– खर्च अधिक हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव बढ्नेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवं मनोरञ्जनमा बढी समय बित्नेछ । साताको अन्त्यमा भने सानो यात्रा हुने एवं आफन्तसँगको
भेटघाटमा भोजनको सुख मिल्ने एवं धनसम्पत्तिको वृद्धि हुने तथा लगानीमा सामान्य प्रतिफल आउनेछ ।

कर्कट– व्यवसायमा मन्दी आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवं यात्रामा झन्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवं आफन्तसँग भेटघाट मिल्नेछ । वैदेशिक सहयोगको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना हुनेछ ।

सिंह– व्यवसायमा कमी हुनेछ । सामाजिक एवं धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । कृषिमा राम्रो फाइदा हुनाले आर्थिक भार कम हुनेछ । सवारीसाधनको सुख मिल्ने तथा खाद्यान्न व्यवसायमा राम्रो आम्दानी हुनेछ । आफन्त भेटघाट एवं यात्रामा झन्झट मिल्नेछ । पारिवारिक सहयोग मिल्नाले पुराना काम बन्नेछन् । प्रेममा प्रगति एवं वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ति हुनेछ । साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवं व्यक्तिगतकाममा सामान्य झन्झट हुन सक्नेछ

कन्या– धार्मिक काममा व्यस्तता हुनेछ । परिवारको सुख मिल्ने एवं पारिवारिक सरसहयोग रहनेछ । सन्तानको सुख मिल्ने एवं वैदेशिक सहायता आउनेछ ।विदेशबाट फाइदा एवं आफन्तजनको सहयोगमा राम्रो कामको योजना बन्नेछ । खानपिन एवं सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ ।
व्यापार व्यवसायमा भने सामान्य प्रगति देखिन्छ ।

तुला– साताको सुरुमा सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिलासुस्ती एवं आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पूरा हुने एवं धार्मिक काममा खर्च हुनेछ । काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ । पदीय सुख मिल्ने एवं काममा प्रशंसा हुनेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवं सञ्चित धन खर्च हुने देखिन्छ ।

वृश्चिक– साझेदारी लगानीमा विवाद हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघा हुनेछ । खानपीनको कारणले स्वास्थ्यमा बाधा एवं पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झूठो आरोपको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवं
यात्रामा तनार्व बढ्नेछ ।

धनु – साताको सुरुमा घरायसी काममा व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिने एवं ठूलाबडाको साथ भने मिल्नेछ । व्यापार व्यवसायमा सामान्य आम्दानी हुने तथा सम्पत्तिको जाहो हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्ने एवं वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ । छोटो यात्रा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एवं आफन्तजनसँग सामान्य वैरभाव रहनेछ । यात्रामा जोगिनुपर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ ।

मकर– अध्ययन एवं कला, संगीतमा रुचि जानेछ । धार्मिक एवं आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा व्यापार व्यावसायमा भने सामान्य आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । सामान्य वादविवाद पर्न सक्ने एवं घरायसी विवाद भने बढ्नेछ । साताको अन्त्यमा भने दौडधुप धेरै एवं जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ ।

कुम्भ– मानसिक तनावले सताउनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ । महिलावर्गसँग दुश्मनी बढ्ने एवं घरायसी झैझगडा हुन सक्नेछ । साताको मध्यमा भने धनको सुख मिल्ने एवं भोगविलासमा खर्च बढ्नेछ । साथी भाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ । साताको अन्त्यमा भने  खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ ।

मीन– मनोरन्जनमा रुचि बढ्नेछ । अध्ययनमा अवसर मिल्ने एवं दाजुभाइको सहयोगले सामूहिक काम बन्नेछ । दिदीबहिनी एवं बन्धुबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बाधा आउने एवं आर्थिक रुपमा समस्या पर्ने तथा पारिवारिक  सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा जग्गा जमिनको
कारोबारबाट सन्तुष्टि मिल्नेछ । साथीभाइको सल्लाहले काममा राहत मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।