यूएईमा एक नेपाली आफ्नै कोठामा मृत भेटिए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा एक नेपाली कोठामै मृत भेटिएका छन् । आबुधावीमा रहेको बेभ्रेली हिल्स मेडिकल सेण्टरमा कार्यरत बेलकोटगढी–१२, नुवाकोटका ३७ वर्षीय हरिशरण डोटेल आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । डोटेलको मृत्युबारे गएको सोमबार दूतावासमा जानकारी आएपछि दूतावासले कम्पनीमा सम्पर्क गरेको थियो ।

कम्पनीको निवास छोडेर बाहिर बस्दै आएका हरिशरण काममा लगातार दुई दिनसम्म नआएको भन्दै कम्पनीले खोजी गरिरहेको जनाएको थियो । दूतावासका अनुसार कोठामा झुन्डिएर आत्महत्या गरेको भन्दै सँगै बस्दै आएकी नुवाकोटकै एक महिला र अन्य दुई पुरुष दूतावासमा पुगेका थिए । मृत्यु शंकास्पद भएको परिवारको दावी छ । अनुसन्धानका लागि भन्दै हरिशरणसँग बस्दै आएकी महिलालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।

हरिशरणको मृत्युको पुष्टि भए पनि मृत्युको कारणबारे अनुसन्धान जारी रहेकोले यसै भन्न नसकिने नेपाली दूतावासले जनाएको छ । अनुसन्धान सकेर प्रशासनले शव लैजान अनुमति दिएपछि मात्र शव नेपाल पठाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग…

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको…

सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले…

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी…