Logo माघ १४, २०७७ बुधबार


देशबासीलाई काेराेनाप्रति संयमित हुन नेता नेपालको आग्रह

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनका निर्णय एवं निर्देशन पालना गर्न आह्वान

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशबासीलाई कोरोना भाइरस संक्रमण हुनबाट जोगिनको लागि घरमै संयमित रुपमा बस्न आग्रह गर्नुभएको छ ।

‘आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, विश्वभरि नै महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन, सावधानी र सचेतना अपनाउन सबैमा हार्दिक अपिल गर्दछु’ उहाँले सामाजिक संजालमार्फत भन्नुभएको छ, ‘ कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन केहीदिन घरभित्रै बस्न र नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनका निर्णय एवं निर्देशनलाई पालना गर्न समेत आह्वान गर्दछु ।’

पूर्व प्रधानमन्त्री नेपालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न तीनै तहका सरकारलाई ध्यानाकर्षण गराउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रभावकारी रुपमा परिचालित हुन आव्हान समेत गर्नुभएको छ ।

‘कठीन परिस्थितिमा आगामी संभावनाको राम्रो विश्लेषण गरी राज्यका सम्पूर्ण निकायको सुरक्षित एवं प्रभावकारी परिचालन गर्न, चिकित्सक तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन, विपन्न तथा दैनिक कमाएर मात्र खान पाउने परिवारलाई खाना उपलब्ध गराउन तथा अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तीनै तहका सरकारसहित सम्बन्धित सबैको बिशेष ध्यानाकर्षण गर्दछु’ उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

पारिवारिक साथ मिल्नेछ । प्रेममा सुधार देखिन्छ । नयाँ सम्बन्ध कायम हुनेछ ।

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’