कोरोना संक्रमण रोक्न काठमाडौं र पाेखरामा ‘स्प्रे’ छर्न थालियो (भिडियोसहित)

काठमाडौं । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न सरकारले विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । कोरोना भाइरसप्रति सजकता अपनाउन मुलुकमा लकडाउन भइरहेको छ । कोरोनाविरुद्ध केन्द्रीय, प्रदेश र स्थानीय तहका तीन वटै सरकार सक्रिय भएका छन् ।

सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्थानीयले आ आफ्नै तवरले विभिन्न अभियान संचालन गरिहेका छन् । कोरोना संक्रमण रोक्न केही स्थानीय तहले ‘स्प्रे’ छर्न थालेका छन् । पोखरा महानगरपालिकाले बिहीबारदेखि नै स्प्रे छरेको छ । पोखराको विभिन्न ठाउँमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा स्प्रे छरिएको छ । काठमाडौं महानगरपालिकाले पनि शहरको विभिन्न ठाउँमा कोरोनाविरुद्ध स्प्रे छर्केको छ ।

काठमाडौंकाे पूर्वी भेगस्थित गाेकर्णेश्वर नगरपालिकाले पनि कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना संक्रमण रोक्न ‘कोलोरिन स्प्रे’ छर्ने तयारी गरेको छ । मेयर कृष्णहरि थापाले शुक्रबारदेखि सबै वडामा ‘कोलोरिन स्प्रे’ छरिने जानकारी दिनुभएको छ । ‘भोलि बिहान वडा नम्बर ९ स्थित गान्धी स्कुल अगाडिबाट ‘कोलोरिन स्प्रे’ छर्ने अभियान शुरु हुन्छ, सबै वडामा छर्ने योजना छ’ उहाँले जनता समाचारसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…