Logo कार्तिक ११, २०७७ मंगलबार


लकडाउनले पत्रपत्रिका बन्द

सिरहा । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि जिल्लाबाट प्रकाशित पत्रपत्रिका बन्द भएका छन् । राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

राजविराजसहित जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन दैनिक र तीन दर्जन साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएको छ । लकडाउनको समयमा बाहिर निस्कन नमिल्ने भएकाले पत्रिका प्रकाशन गर्न समस्या भएको हो ।

‘पत्रिका प्रकाशन गरे पनि बिक्रीवितरण गर्न समस्या भयो’ उपाध्यक्ष यादवले भन्नुभयो, ‘ राजविराज बजारसहित अधिकांश पसल बन्द भएका छन् । पत्रिका ग्राहकसम्म पुर्याउन सकिएन, त्यही भएर बन्द गर्नुपर्यो ।’ पत्रिका बन्द भए पनि अनलाइन भने संचालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडाैं । बडादशैंको अवसरमा आज पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ ।  हिजो विजयादशमीका दिन टीका लगाउन…