कोरोना उपचारका लागि सिरहामा ५ स्थानमा आइसोलेशन

रामभरोसी यादव
सिरहा । कोरोना भाइरस आशंकामा परेका बिरामीहरुको उपचारका लागि सिरहा जिल्लामा स्थानीय तहको समन्वयमा पाँच स्थानमा आईसोलेशन वार्ड र तीन दर्जनभन्दा बढी क्वारेनटाइन राखिएको छ ।

सिरहामा अहिले विभिन्न स्थानबाट सिरहा आए पुगेका १७ जनालाई विभिन्न स्थानको क्वारेनटाइनमा राखिएको छ । जसमध्ये बरियारपट्टिमा ६ जना, गोलबजारमा एक जना, विष्णुपुरामा ७ जना, भगवानपुरको आभेनगरमा ३ जनालाई राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अन्जेश्वर चौधरीले बताउनुभयो ।

जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार अहिले गम्भीर प्रकृतिका बिरामी नदेखिएकोले उनीहरुलाई क्वारेनटाइनमै राखिएको बताउनुभयो । गम्भीर प्रकृतिको बिरामी आएको खण्डमा जिल्लामा राखिएको पाँच स्थान महेन्द्र गेनाई अस्पताल धनगढीमाईमा १८ बेड, सिरहा अस्पताल ५ बेड, लहान अस्पताल ५ बेड, आर.के.मेडिसिटी धनगढीमाई ५ बेड तथा फुलकुमारी मेमोरियल हस्पिटल ५ बेडमा राखी उपचार गरिने जनाउनुभयो ।

११ गते कोरोना भाइरसको आशंकमा औरहीका एक जना युवालाई थप उपचारको लागि काठमाडौंको टेकु पुर्याएको बताउनुहुँदै चौधरीले त्यसपछि अहिले जिल्लामा त्यस्तो प्रकृतिको बिरामी परेको सूचना नआएको जनाउनुभयो । सिरहामा कोरोना भाइरस सर्न नदिनका लागि मानिसको चहलपहलमा पूर्ण रुपमा स्थानीय प्रशासनले बन्देज लगाएको छ भने कोरोना भाइरसबाट बच्न विभिन्न सन्देशमुलक सूचनाहरु सबै स्थानीय तहले प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग…

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको…

सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले…

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी…