दैनिक उपभोग्य सामान घरघरमै पुर्‍याइने

काठमाडौं । लकडाउनको बेला दैनिक उपभोग्य सामान जनताका घरघरमै पुर्‍याइने भएको छ । सरकारले उद्योग, व्यवसायीलाई चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका दिनहुँ चाहिने सामान जनताको घरमै पुर्‍याउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले उद्योग वाणिज्य महासंघका पदाधिकारी, काठमाडौंमा सुपरमार्केट, ग्रोसरी तथा विभिन्न होलसेल पसल सञ्चालन गर्नेलाई लकडाउन अवधिभर उपभोक्ताका मागअनुसार नागरिकको घरघरमा खाद्य वस्तु पुर्‍याउन  निर्देशन दिएको हो।

गृह मन्त्रालयले लकडाउन अवधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसँग समन्वय गरेर पास लिनव्यवसायीलाई आग्रह गरेको छ। मन्त्रालयले उपभोग्य वस्तुको होम डेलिभरीमा महानगरपालिका, नगरपालिका तथा सम्बन्धित वडा कार्यालयलाई सहजीकरण गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले लकडाउन अवधिमार कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी तथा सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणमा अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…