Logo मंसिर २०, २०७७ शनिबार


पदयात्रामा गएका ५ सय बढी पर्यटक अलपत्र

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले ‘लकडाउन’ गरेपछि पदयात्रामा गएका सयौँ विदेशी पर्यटक अलपत्र परेका छन् । सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका हुन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार सगरमाथा खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनास्लु क्षेत्रमा सयौँ पर्यटक रोकिएका छन् । खुम्बु क्षेत्रमा १ सय विदेशी पर्यटक पदयात्रामा गएका थिए ।

सरकारलाई उद्धारको व्यवस्था मिलाउन आग्रह गरिए पनि हालसम्म उद्धार हुन नसकेको टानका अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिनुभयो। मनास्लु क्षेत्रमा ३० जना पर्यटक रोकिएका छन् । अन्नपूर्ण क्षेत्रमा पनि १ सय हाराहारी पर्यटक रोकिएको अनुमान छ । त्यस्तै, हुम्ला र डोल्पामा पनि १५ देखि २५ जना पर्यटक रोकिएको हुन सक्ने टानको अनुमान छ।

मनाङ, मुस्ताङ क्षेत्रमा पनि एक दर्जनभन्दा बढी पर्यटक अलपत्र परेका छन् । ‘खुम्बु क्षेत्रामा रेस्टुराँहरूसमेत बन्द हुन थालेकाले पर्यटकहरू झनै समस्या पर्न थालेका छन्,’ अध्यक्ष सुवेदीले भने। गृह मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा बुधबार लुक्ला र डोल्पाबाट ८ जना जर्मनी र रुसी नागरिकको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।