Logo कार्तिक १४, २०७७ शुक्रबार


‘लकडाउन’कै बेला सरकारी कार्यालयमा चोरी

विद्यानन्द राम
सप्तरी । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले ‘लकडाउन’ गरेकै बेला सप्तरीकाे सरकारी कार्यालयमा चोरी भएको छ । बोदे बरसाईन नगरपालिकाको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा बुधवारराति लाखौं रुपैयाँ बराबरको सामान चोरी भएको हो ।

सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वय गराउन सर्वसाधारण घरभित्रै रहँदै आएको मौका छोपेर केही व्यक्तिले वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा ताल्चा फुटाएर चोरी गरेका हुन् । वडा कार्यालयबाट राजस्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पंखा तथा एक थान इन्टरनेट चलाउने रोटर चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिनुभयो ।

‘लकडाउन’को बेला पनि प्रहरीले गस्ती नगर्दा यस्ता घटना भएको भन्दै लकडाउनलाई कार्यान्वय गराउन पनि प्रहरीले गस्तीतर्फ ध्यान पु¥याउन अध्यक्ष यादवले आग्रह गर्नुभयो । यसैगरी स्वास्थ्य चौकीबाट पंखा, वीपी इन्टुमेन्ट, वेट मेसिन (गर्भवति महिलाको तौल नाप्ने यन्त्र) र ओटो कलेव मेसिन चोरी भएको चौकीका इन्चार्ज बद्रीनारायण ठाकुरले बताउनुभयो ।

इन्चार्ज ठाकुरका अनुसार स्वास्थ्य चौकी भवनभित्रै रहेको अतिरिक्त हुलाक कार्यालयबाट पनि केही कागज पत्रहरु चोरी भएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भीड नदेखिएकाे एसएसपी ढकालकाे भनाइ छ…

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।