विदेशबाट आएका नागरिक खोज्दै धरान उपमहागनर

काठमाडौं । विदेशबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि धरानमा उपमहागनरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन शुरु गरिएको छ । गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि उपमहागनरपालिकाले विदेशबाट आएका व्यक्तिको खोजी तीव्र बनाएको हो । प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
हालसम्म धरानमा ६४ जना विदेशबाट आएको विवरण सङ्कलन भएको उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो । उनीहरुलाई उपमहानगरपालिकाको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै सङ्क्रमित युवती चढेकै हवाइजहाजमा आउनेमा धरानका पनि दुई जना फेला परेका थिए ।

उनीहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशङ्कर साहका अनुसार प्रतिष्ठानको सम्पर्कमा आएका १० बिमारीमध्ये ६ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको छ भने ६ जनालाई प्रतिष्ठानको आइसोलेशन वार्डमा राखिएको छ । पाँच जनाको थ्रोट स्वाब लिएर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको तर रिपोर्ट आइनपुगेको निर्देशक साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …