‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै दाजुद्वारा भाइको हत्या

काठमाडौं । ‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै आफ्नै दाइले भाइको हत्या गरेका छन् । भारतको मुम्बई कान्दिवाली इष्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका भाइ दुर्गेसको हत्या गरेका हुन् । भारत सरकारले कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि लकडाउन घोषणा गरेको छ ।

भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार राजेशले भाइलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाइको आदेश नमान्दै भाइ घरबाहिर निस्किका थिए ।

यही कुरामा दुवैबीच झगडा भयो । झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिएपनि डाक्टरले उनलाई बचाउन सकेनन, मृत घोषणा गरे ।

‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाइको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ । पुनामा वेटर काम गर्ने दुर्गेस ‘लकडाउन’का कारण एक साता अघि मात्र घर आएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…