लकडाउन उल्लंघन गर्नेलाई ३ देखि ५ वर्ष कैद हुनसक्छ (भिडियाेसहित)

मुलुकको अर्थतन्त्र बिचौलियाको हातमा रहेकाले विपदको बेलामा कालोबजारी

काठमाडौं । सरकारले कोरोना भाइरसरका महामारीबाट बच्नका लागि मुलुकभर लकडाउन गरेको छ । तर सर्वसाधारणले लकडाउनको गम्भीरतापूर्वक पालना गरेका छैनन् । कतिपयले अन्जानबस् त कतिपयले बुझ पचाएर यसको उल्लंघन गरिरहेका छन् । तर कानुनले लकडाउनको उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरेको छ ।

जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा अगुवा उपभोक्ता अभियानकर्मी ज्योति बानियाँले नयाँ मुलुकी देवानी संहितामा लकडाउन उल्लंघन गर्नेलाई ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था भएको बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष बानियाँले लकडाउनलाई सबै नागरिकले गम्भीरतापूर्वक पालना गर्नुपर्ने र पालन नगर्दा आफू मात्र होइन अरुलाई पनि मृत्युको मुखमा पुर्याउने भएकाले गम्भीर भएर लकडाउनको पालना गर्न आग्रह गर्नुभयो । उहाँले पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइने भएकाले अहिलेको अवस्थामा बाँच्ने अधिकारलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मुलुकको अर्थतन्त्र बिचौलियाको हातमा रहेकाले विपदको बेलामा कालोबजारी हुने गरेको उहाँको भनाइ छ। उहाँले विपदको यो अवस्थामा समस्या परेमा अथवा खाद्य वस्तु नपाइएमा ११३७ नम्बरकाे हटलाइनमा सम्पर्क गर्न सर्वसाधारणलाई जनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…