Logo माघ ५, २०७७ सोमबार


पसल खोल्ने समय तोकियो, यस्तो छ नियम

काठमाडौं । लकडाउनको बेला बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न पाइने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने जनता समाचारलाई बताउनुभएको छ । मन्त्री भट्टले लकडाउनको बेला पनि दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खोल्न पाइने जानकारी दिनुभयो ।

‘खाद्यान्न, तरकारी, दुध र पानी बोक्ने गाडी लकडाउनको बेलामा पनि गुड्न पाउँछन्’ उहाँले भन्नुभयो, ‘त्यसबाहेकका सवारी साधनलाई भने जिल्ला प्रशासनको पास बिना गुड्न दिइएको छैन ।’ मन्त्री भट्टले पसलमा सामान किनबेच गर्दा भिड्भाड नगर्न आग्रह समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन…

काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले…

मेष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ । वृष– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र र मण्डले पथ अवलम्बन गरेको बताउनुभएको…