यसकारण आवश्यक छ ‘लकडाउन’

नेपालमा सबैखाले परीक्षण विधि विभिन्न स्थानमा उपलब्ध

कोरोना भाइरसलाई साधारण रुघा खोकी को दोस्रो प्राथमिक कारण मानिन्छ । २००२ मा Severe Acute Respiratory Syndrome (SARS) को नाम बाट दक्षिण चीनको ग्याँडोन प्रान्तबाट हङ्कङ हुँदै सारा संसारमा फैलिएको थियो । २०१२ माMiddle East Respiratory Syndrome (MERS) को नाममा आयो, जसमा ऊँट र चमेरोलाई मुख्य श्रोतको रुपमा लिईएको थियो ।

नोवेल कोरोना Novel SARS Cov-2 चीनको वुहान प्रान्तमा देखिएको थियो भने हालसम्म भन्दा १९७ देशमा प्रकोपको रुपमा देखा परिसकेको छ । नोवेल कोरोना भाइरसको मुख्य लक्षणहरुमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन् ।

अहिले सम्मको विभिन्न तथ्यांक अनुसार ८० प्रतिशत कोरोना भाइरस संक्रमितमा यो रोग देखिदैन, कुनै लक्षण देखा नपरी सामान्य स्थितिमा गुज्रिन्छन् । १५ प्रतिशतमा साधारण लक्षणहरु देखापर्दछ र निको पनि हुन्छन् । बाँकी ५ प्रतिशतमा यो संक्रमण जटिल रोगको रुपमा देखा पर्दछ जसमा केहीलाई भेन्टिलेटरको आवश्यकता पर्दछ ।

कोरोना भाइरस ज्यादै contagious वा सरुवा प्रकृतिको भएकाले चाँडै नै एक व्यक्तिबाट अर्कोमा सर्छ । यो श्वासप्रश्वास प्रणालीको संक्रमण भएकोले व्यक्तिको र्याल, सिंगान, खकार, थुक, आँशुमा प्रशस्त मात्रामा पाइन्छ र संक्रमित व्यक्तिको संसर्गमा आएमा यो भाइरस अर्को स्वस्थ्य शरीर भित्र प्रवेश गर्दछ । कोही संक्रमित व्यक्तिले हाच्छ्यु गर्दा, खोक्दा कोरोना भाइरसका किटाणुहरु निस्किन्छ र अर्को स्वस्थ्य मानिसले सास फेर्दा भित्र जान सक्छ र receptor कोषमा टाँसिन्छ । शरीर भित्र पर्याप्त मात्रामा वृद्धि गरिसकेपछि नयाँ संक्रमणको रुपमा देखा पर्दछ । कोरोना भाइरसमा यो वृद्धि गर्ने समय साधारणतया २१ दिन रहेको छ ।

कोरोना भाइरसको लागि स्क्रीनिङ र कन्फिरमेटोरी टेस्ट गरी दुई तरिकाको परीक्षण विधि उपलब्ध छ । यसको स्क्रीनिङ टेस्टमा साधारण थुकबाट यो भाइरसको पत्ता लगाउन सकिन्छ । कन्फिरमेटोरी टेस्टमा सेरोलोजीको माध्यमबाट antibody मार्फत ELISA र Microneutralization टेस्ट दुवैमा positive देखिएमा कोरोना पुष्टी हुन्छ । यसको अलावा रियल टाइम PCR पद्धतिबाट निश्चित प्रोटोकल प्रयोग गरी E gene र RdRp gene ट्याग गरेर पनि कोरोना पुष्टी गर्न सकिन्छ । कन्फिरमेटोरी टेस्टमा साधारणतय २४ घण्टाको समय लाग्दछ । नेपालमा यो सबैखाले परीक्षण विधि विभिन्न स्थानमा उपलब्ध छ । आफूलाई शंका लागेमा अस्पतालको माध्यमबाट राष्ट्रिय प्रयोगशाला, टेकुमा आफ्नो स्याम्पलहरु पठाउन सकिन्छ ।

संक्रमणको उच्च जोखिममा रहेका सबैले जचाउनु उपयुक्त हुन्छ । जसले गर्दा रोकथाम र उपचार सेवामा सहजीकरण हुने गर्दछ । सबैको सामुहिक स्वास्थ्यलाई ध्यानमा राखेर व्यक्ति तथा समुदायको Isolation जरुरी देखिएको छ ।

कोरोनाको संक्रमण मानव व्यवहार र क्रियाकलापबाट अरु अन्योलतामा गई फैलिरहेकाले यसको अनुगमन र निगरानीमा कठिनाई परेको छ । विभिन्न माध्यम तथा पत्रपत्रिकाहरुले बताए अनुसारको राम्रो व्यवहारको सिकाईबाट संक्रमणको ओसारपसारलाई रोकथाम गर्न सकिन्छ । रोगको जटिलता कम गर्न तथा संक्रमणको फैलावट गति कम गर्न उपचार चाडो गराउन जरुरी छ ।

विश्व समुदायले गरेको प्रयोग हेर्दा कोरोना जस्तो घातक सरुवा रोगको प्रकोप भएको समयमा रोगी र carrier को पहिचान अव्यवहारिक र असम्भव जस्तै बनेको अवस्थामा लकडाउन उपयुक्त विकल्प रहेको छ ।

ज्यादै उच्च मेडिकल सतर्कता आवश्यक नपरिसकेको अवस्थामा आफ्नो घर वा आवास क्षेत्र क्वारेन्टाइनको उपयुक्त सुरक्षित स्थान हुन्छ । यसका साथ साथै डेटोल, फेनोल आदि disinfectant प्रयोग गरेर वरपरको क्षेत्रलाई संक्रमण रहित बनाउनु पनि अत्यावश्यक हुन्छ ।

(लेखक माईक्रोबायोलोजिस्ट हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…