कोरोनाबारे जानकारी दिन सरकारकाे नयाँ वेब पोर्टल

काठमाडौं । सरकारले कोरोनाबारे जानकारी दिने नयाँ वेब पोर्टल एप्लिकेशन शनिबारदेखि सञ्चालनमा ल्याउने भएको छ । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफेहेल्थ डटकम सञ्चालनमा ल्याउन लागेको हो ।

कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन www.danphehealth.com सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफेहेल्थ डट्कम सञ्चालनमा आउने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, सूचना र ज्ञान सीप आदान प्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौँ । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्र्मी तथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमा जानकारीहरु ल्याइरहेको छ । यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’ उहाँले भन्नुभयो ।

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।

डाँफेहेल्थ डट्कम लगइन गरेपछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यकर्मीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

काठमाडौं । मुलुकको विभिन्न स्थानमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि भएको आक्रमणको निजामती कर्मचारीहरुको आधिकारिक ट्रड यूनियनले भर्त्सना…

काठमाडौं ।  लकडाउन जारी नै रहेको समयमा व्यापारीले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाबारे…

सुखिलाल चौधरी उदयपुर । कटारी नगरपालिकाकामा १२ वर्षीया बालिकाको पेटमा ८ साताको गर्भ रहेको पाइएको छ । बालिकाको पेटमा ८…