भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमाा लकडाउनको व्यापक उल्लंघन भएको छ । बिहानको समयमा र दिउँसोदेखि बजार क्षेत्रमा सरकारले लगाएको लकडाउनको वेवास्ता गर्दै मानिसको बाक्लो भीड नै लाग्ने गरेको हो ।
नगरपालिकाले खाद्यान्न, तरकारी एवं अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र हरेकदिन बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म समय निर्धारण गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा बजार व्यवस्थापन गरेको छ ।
नगरपालिकाले लकडाउनका लागि राम्रो व्यवस्था गरेपनि स्थानीय बासिन्दाले त्यसको अटेर गर्दै बजारमा भीड गर्ने गरेका छन् । कमलपोखरीमा बिहानैदेखि मर्निङवाक गर्न आउने उत्तिकै बाक्लो हुने गरेको स्थानLयले बताउँछन्। भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिड्ने बाक्लै हुने गरेको स्थानीयको भनाइ छ । नगरपालिकाले भने आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन माइकिङ्ग गरेको र नगरपालिका क्षेत्रका बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकलगायतका क्षेत्रमा कीटनाशक ‘स्प्रे’ छरेको छ ।