लगडाउनको अवज्ञा गरी हाटबजार सञ्चालन

नगरपालिका र जिल्ला प्रशासनद्वारा एकअर्कामा दोष

अनिल यादव
पश्चिम नवलपरासी । सदरमुकाम नवलपरासीमा लकडाउनको अवज्ञा गरी साप्ताहिक हाटबजार सञ्चालन भएको छ । रामग्राम नगरपालिका भित्र पर्ने सप्ताहिक शनिबारे हाटबजार लागेको हो ।

सदरमुकामस्थित रहेका प्रहरी प्रशासन अगाडि नै शनिबारे साप्ताहिक हाटबजार लाग्दा प्रहरीनै मुकदर्शक बनेका छन् । हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामग्री किन्ने ग्राहकको ताँति लागेको थियो । त्यतिमात्र नभई हाटबजार नजिकै प्रहरी उभिरहँदा पनि बजार गर्नेको घुईँचो लागेको थियो । हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामग्री किन्ने ग्राहकको घुँइचो थियो । यसबारे प्रशासनलाई जानकारी गराउँदासमेत कुनै वास्ता गरिएको थिएन ।

नगरपालिका र जिल्ला प्रशासनद्वारा एकअर्कामा दोष लगाईरहेका छन् । रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता हामीसँग प्रहरी छैन हामी के गर्ने भन्छन् । तर उनको पनि दायित्व यसबारे प्रहरीलाई जानकारी गराउनु हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले नगरपालिकाले हाटबजारमा गोलो घेरा लगाएएर बजार व्यवस्थित बनाउने कामले एकाएक भीडभाड हुन गएको बताउनुभयो । यसरी पश्चिम नवलपरासीमा जिम्मेवार निकायनै गैरजिम्मेवार देखिएको छ ।

अरुदिन दिनभरी लगडाउन गर्ने अनि साँझ बजार लाग्ने गर्थ्याे तर शनिबार भने हाटबजार नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…