खानेपानी महशुल ५० प्रतिशत छुट हुने

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लकडाउनकाे कारणा उपभोक्तालाई खानेपानी महशुलमा आधा रकम छुट दिने भएको हो ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसले आम उपभोक्तालाई समेत प्रभावित पारेकाले संकटको समयमा चैतभरिको खानेपानी महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव रुपेश शाक्यले जानकारी दिनुभयो । समितिले घर आँगन सफा राख्न, खानेपानी शुद्धीकरण गरेर प्रयोग गर्न उपभोक्तामा अपिल गरेको छ ।

सदरमुकाममा खानेपानीका करिब ९ सय उपभोक्ता छन् । समितिले सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ र १२ सहित आसपासका क्षेत्रमा खानेपानी सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…