लकडाउन ७ देखि १४ दिन थप्न उच्चस्तरीय समितिको प्रस्ताव

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गरेको छ। कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे नेतृत्वमा आइतबार बसेको समितिको बैठकले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि पर्सि चैत १८ गते बिहान ६ बजे सकिँदैछ । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० हजार ८ सय ७४ पुगेको छ । हालसम्म कोरोना भाइरसबाट विश्वभर ६ लाख ६३ हजार ७ सय ४० जना संक्रमित भइसकेको वर्ड मिटरको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…