कञ्चनजंघा घुम्न गएका ११ विदेशी अलपत्र

बसन्त लिम्बू
ताप्लेजुङ । कोरोना भाइरस संक्रमण नहोस् भनेर सरकारले गरेको लकडाउनका कारण विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्र घुम्न आएका ११ जना विदेशी पर्यटक अलमत्र परेका छन् ।

दुई जना घुन्सामा र ९ जना त्यहाँभन्दा माथिल्लो क्षेत्रमा अलपत्र परेका हुन् । दुईं जर्मन पर्यटक र एक नेपाली गाइड घुन्सामा तीन दिनदेखि बसिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा चेक पोष्टका कर्मचारी टासी तेञ्जिङ शेर्पाले बताए । उनीहरु आधार शिविर पुगेर फर्किएका हुन् । पाँच जना जापानिज, तीन जर्मन र एक फिलिपिनी नागरिक र गाइडको टोली भने घुन्साबाट चार दिनअघि आधार शिविर गएको शेर्पाको भनाइ छ । ‘माथिको टोलीलाई पनि यहीँ ल्याएर राख्छौं,’ शेर्पाले टोलिफोनमा भने, ‘लकडाउन खुलेपछि पठाउँछौँ ।’

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घुन्सामा रोकिएका विदेशी पर्यटकको विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताएका छन् । जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गर्दै विदेशी नागरिक जिल्लाका विभिन्न स्थानमा लकडाउनका कारण रोकिएको भए जिल्ला प्रशासन वा दूतावासमा सम्र्पकमा आउन आग्रह गरेको थियो ।

फुङलिङ बजारमा रोकिएका दुई स्विस र एक फ्रान्सेली पर्यटक भने शनिबार काठमाडौ फर्किसकेका छन् । सुकेटार विमानस्थलबाट सीता एयरको जहाज चार्टर गरेर उनीहरु काठमाडौ फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…