लकडाउनमा सुर्खेत पुगेका १ सय ५ जनालाई क्वारेन्टाइनमा राखियो

विष्णु कुमार शाही
सुर्खेत । लकडाउनको समयमा भारतबाट सीमापार गरी सुर्खेत पुगेका १ सय ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
रोजगारीका लागि भारत गएका नेपालीहरु कोरोना भाइरस संक्रमण हुने डरले नेपाल फर्किएका नेपालीलाई क्वारेन्टाइनमा राखिएका हो ।

कोरोना भाइरस संक्रमणको शंका रहेका व्यक्तिलाई राख्नका लागि वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चमा नेपाली सेनाले चार सयजना राख्न सकिने क्वारेन्टाईन निर्माण गरेको छ । नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्ला मञ्चमा स्थापना गरेको क्वारेन्टाईनमा एक सय पाँचजनालाई राखिएको छ ।

पृतनाका प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले चार सय टेन्ट राखिएको बताउनुभयो । एक जनालाई एउटा टेन्टमा
राखिने व्यवस्था गरिएको उहाँको भनाइ छ । आवश्यकता अनुसार टेण्ड थप गरिने बस्नेतल जानकारी दिनुभयो ।

क्वारेन्टाईनमा बस्नेहरुका लागि खाना व्यवस्था गर्ने जिम्मेवारी क्याटरिङलाई दिईएको छ । सेनाको सुपरिवेक्षणमा प्याकिङ गरिएको खाना स्वास्थ्यकर्मीले क्वारेन्टाईनमा बसेकालाई उपलब्ध गराइने व्यवस्था गरिएको बस्नेतको भनाइ छ ।

क्वारेन्टाईनमा बसेकाहरुको उपचारका लागि तीनजना प्यारामेडिकसहित पाँचजना स्वास्थ्यकर्मि राखिएको जनाइएको छ । क्वारेन्टाईनको सुरक्षाका लागि नेपाली सेनाको एक बटालियन तैनाथ गरिएको छ ।

सेनाले निर्माण गरेको क्वारेन्टाईनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय र बाथरुम निर्माण गरिएको छ । सेनाले कर्णाली सरकारको आर्थिक सहयोगमा क्वारेन्टाईन निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…