क्वारेन्टाइनबाट भाग्नेलाई कैद सजाय हुन सक्ने

कमला हमाल
काठमाडौं । सरकारले क्वारेन्टाइनबाट भाग्नेलाई संक्रमण रोग ऐनको दफा अनुसार कैद सजायको व्यवस्था गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यस्तै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गर्नुभएको थियो । यस्तै नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने तर उनीहरुले अनिवार्य स्थानीय क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यसैगरि चीनबाट आएको कोरोना पत्ता लगाउने मेसिन प्रोटेबल पिसिआर मेसिन प्रदेशमा पठाउने निर्णय गरेको छ ।

प्रदेश २ र ५ कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशमा पठाउने निर्णय गरेको हो । सरकारले प्रोटेबल पिसिआर मेसिनबाट प्रदेश नम्वर १ को धरानबाट चेकजाँच गर्ने निर्णय भएको छ । यस्तै विदेशमा रहेका विद्यार्थी नेपाल फर्कन नपाउने भएका छन् भने आवश्य खर्च नेपाल राष्ट्र बैंकको सहकार्यमा पठाइने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…