भीड हुने ठाउँमा किटनाशक औषधी छर्कन शुरु

फाइल तस्बिर

राजन पौडेल
पर्वत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई कम गर्न पर्बतका मुख्यमुख्य सडकमा डिसइन्फेक्सन किटनाशक औषधी छर्कन शुरु गरिएको छ । कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बजारका सडकमा किटनाशक औषधी छर्कन लागिएको कुश्मा नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको सहयोगमा नगरपालिका क्षेत्रमा क्लोरिन पानी छर्कन शुरु गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण अभियान अन्तर्गत सडकमा कोरोना संक्रमित व्यक्तिहरु आवतजावत गरेको भएमा भाइरसलाई नै नष्ट गराउन औषधी छर्कन लागेको उहाँले बताउनुभयो ।

नगरपालिकाको बारुण यन्त्रबाट कुष्माको शिवालय चोक हुँदै किटनासक औषधी छर्किन शुरु गरिएको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा रहेको कोरोना अस्थायी अस्पताल, शिवालय माबिमा रहेको क्वारेन्टाइन, जिल्ला प्रशासन कार्यलय, पर्वत अस्पताल लगायतका क्षेत्रमा पनि छर्किने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

नगरपालिकामा क्लोरिन पानी छर्कने क्रममा सामाजिक विकास समितिका संयोजक शिव पौडेल, कुष्मा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रुद्र गिरी, ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, स्वास्थ्य इकाईका सिनियर अहेब अधिकृत यामप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…