लकडाउन चैत २५ गतेसम्म लम्बियाे, राहत प्याकेजको घोषणा

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन ७ देखि बढीमा १४ दिनसम्म थप्नुपर्ने  प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियाे ।

सरकारले कोरोना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणका लागि  चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।  पहिलाे चरणकाे लकडाउन चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । पहिलो चरणको  अवधि नसकिँदै लकडाउन नसकिने निर्णय गरेको हाे ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

राहत प्याकेजको घोषणा
मन्त्रिपरिषदको बैठकले लकडाउनको समयका लागि राहत प्याकेजको घोषणा गरेको छ ।

घरभाडामा बस्नेहरुका लागि एक महिनाको भाडा नलिन अनुरोध गर्ने, १ सय ५० युनिटसम्म बिजुली उपभोग गर्ने ग्राहकका लागि फागुन र चैत महिनाको शुल्कमा २५ प्रतिशत छुट गर्ने, खाद्य संस्थानले बिक्री गर्ने खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

यस्तै, इन्टरनेटको शुल्कमा २५ प्रतिशत छुट दिने, निजी विद्यालयले चैत महिनाको शुल्क छुट दिने, स्वास्थ्यकर्मीको २५ लाखसम्मको निशुल्क बीमा गर्ने पनि बैठकले निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…