अब खाद्यान्न किन्दा १० प्रतिशत छुट पाइने

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले चामल, पिठो, तेल लगायतका खाद्य सामग्रीमा हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिनुभयो ।  सरकारले दूरसंञ्चार कम्पनी तथा निजी सेवा प्रदायकले लकडाउन अवधिमा इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने भनेको छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणले मासिक १ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको चैत महिनाको विद्युत् महशुलमा २५ प्रतिशत छुट दिने, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेटकोे फागुन र चैत महिनाको शुल्क २०७७ वैशाख मसान्त सम्ममा बुझाएमा जरिवाना नलाग्ने , माग भन्दा बढी उत्पादन भइ बचत हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले तोकेको अवधि र समयमा विद्युत् खपत गर्ने उत्पादनमुलक प्रतिष्ठानलाई अवधिमा खपत गरिएको विद्युत् महशुलमा ३० देखि ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…