कोरोनाकै बेला सरकारले रोक्यो यी वस्तुको आयात

काठमाडौं । मरिच, छोकडा, सुपारी र केराउ लगायतको आयातमा रोक लगाइने भएको छ ।

मन्त्रिपरिषदको आइतबारको बैठकले वस्तु आयातमा रोक लगाउने निर्णय गरेको हो । त्यस्तै सरकारले बीमातर्फ प्रिमियम भुक्तानीको लागि पनि केही समय पर सार्ने निर्णय गरेको र यसबारे ठोस निर्णय बीमा समितिले गर्ने भएको छ ।

पुनर्कर्जा कोषलाई तत्काल ६० अर्ब बनाएर त्यो कोषको रकम कोभिड १९ को संक्रमण धेरै देखिएको क्षेत्रमा कर्जा प्रवाह गर्ने भएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाका कोरोना प्रभावित ऋणीले चैत मसान्तमा तिर्नुपर्ने सावाँ र व्याजको भुक्तानी २०७७  असार मसान्तसम्म कायम गर्ने लगायत बैकिङ क्षेत्रका लागि राष्ट्र बैंकले अलग्गै निर्णय गरेको जानकारी अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…