आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । कोरोना भाइरसको आशंकामा आइसोलेशनमा आइतबार मृत्यु भएका बिरामीलाई कोरोना नभएको पुष्टि भएको छ । बुटवलको कोरोना विशेष अस्पताल आइसोलेशनमा मृत्यु भएका पाल्पाका ३४ वर्षीय बाबुराम थापाको कोरोना रिपोर्ट नेगेटिभ देखिएको हो ।

थापाको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सोमबार आएको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले जानकारी दिनुभयो ।

उनी वैदेशिक रोजगारीका लागि दुबईबाट यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किँदाको अवस्थामा नै सामान्य ज्वरो आएकाले रुपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडास्थित भाडाको निवासमा आराम गर्दै बसेका थिए । वैदेशिक रोजगारीमा दुबई रहँदादेखि नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि पनि स्थानीय मेडिकल, मुर्गियास्थित स्वास्थ्यचौकी हुँदै चैत १३ गतेमात्र बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेशनमा भर्ना भएका थिए ।

अस्पतालमा भर्ना भएपछि ज्वरो आउने र स्वास फेर्न गाह्रो भइरहेको अवस्थामा उनको आइतबार अपराह्न मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

काठमाडौं । मुलुकको विभिन्न स्थानमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि भएको आक्रमणको निजामती कर्मचारीहरुको आधिकारिक ट्रड यूनियनले भर्त्सना…

काठमाडौं ।  लकडाउन जारी नै रहेको समयमा व्यापारीले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाबारे…

सुखिलाल चौधरी उदयपुर । कटारी नगरपालिकाकामा १२ वर्षीया बालिकाको पेटमा ८ साताको गर्भ रहेको पाइएको छ । बालिकाको पेटमा ८…