चारसय मजदुरको उद्धार

अर्घाखाँची । मजदुरी गर्न विभिन्न जिल्लाबाट अर्घाखाँची आएका झन्डै ४०० मजदुरलाई गृह जिल्ला पठाइएको छ । सरकारले लकडाउन गरेपछि अलपत्र परेका मजदुरलाई उद्धार गरी गृह जिल्ला पठाइएको हो ।
अर्घाखाँचीमा भइरहेका बाटो, पुल, भवन, नहर निर्माणका काम गर्न बझाङ, बर्दिया, प्यूठान, रोल्पा, सल्यान, सुनसरीलगायत जिल्लाबाट उनीहरु मजदुरी गर्न आएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनीहरुलाई बस तथा हाइसमार्फत गृह जिल्ला पठाइएको हो । उनीहरु घरसम्म पुग्न लाग्ने खर्च सम्बन्धित निर्माण व्यवसायीले व्यहोर्ने भएका छन् ।