राजविराजको तरकारी हटिया पूर्ण रुपमा बन्द

विद्यानन्द राम
राजविराज । सप्तरीको राजविराज नगरपालिकाले गत शनिवारबाट सञ्चालनमा ल्याएको तरकारी हटिया पूर्ण रुपमा बन्द गरेको छ ।
नगरपालिका कार्यालयले सोमवार सुचना जारी गर्दै वडा नम्वर ७ स्थित राजरङ्गशाला तथा अन्य वडाहरुमा सञ्चालन गरेको तरकारी हटिया पूर्ण रुपमा बन्द गरेको हो । तर तरकारी बेच्ने व्यवसायीलाई ढकिया, ठेला र साइकलको माध्यमबाट घर घर गई सुरक्षित रुपमा दुरी बनाएर तरकारी किनबेच गर्न पाउने सुचनामा उल्लेख छ ।

सुचनामा भनिएको छ, ‘कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि हामी प्रयासरत भएतापनि यस कार्यकालागि सम्पूर्ण नगरवासीको सहयोगको खाँचो छ ।’ आ–आफ्नो घरभित्र बसी आफु, आफ्ना परिवार र समूदायको ज्यान बचाउन सवैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । केही अप्ठयारो परेको खण्डमा सम्वन्धित वडाका अध्यक्ष तथा वडा सदस्यहरुमार्फत नगरपालिका कार्यालयमा जानकारी गराउन नगर प्रमुख शम्भु प्रसाद यादवले जारी गरेको सुचनामार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…