क्वारेन्टाईनमा राख्नु पर्नेलाई रातारात गृह जिल्ला

विष्णु कुमार शाही
सुर्खेत । महामारीको रुपमा विश्वब्यापि फैलिएको कोरोना भाईरस नियन्त्रणको लागि नेपाल सरकारले लगाएको लकडाउनको कर्णाली प्रदेश सरकारले उलघंन गरेको छ ।  रोजगारीको सिलसिलामा छिमेकी राष्ट्र भारतको कालापहाडबाट फर्किएका नेपालीहरुलाई रातारात बस बुक
गराएर गृह जिल्ला कालिकोट र जुम्ला पठाईएको पाईएको छ ।

अर्को देशबाट आएका मानिसहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्नु पर्ने भए पनि तर याहा पौंचकै आधारमा रातारात यसरी जुम्ला र कालिकोट पठाईएको हो । मुख्यमन्त्रि र आन्तरिक मामिला तथा कानुन मन्त्रि कै निर्देशनमा उनिहरुलाई पठाईएको बुझ्न आएको छ ।
भारतबाट फर्किएका नेपालीहरु सुर्खेतको विरेन्द्रनगर आई पुगेका उनिहरुलाई सुर्खेतमा रहेको क्वारेन्टाईनमा कम्तीमा पनि एक साता क्वारेन्टाईनमा राख्नु पर्ने हो तर याहात पहुचकै भरमा पास दिएर बसहरु बुक गर्दै गृह जिल्ला कालिकोट र जुम्ला तिर पठाईयो एक जना प्रतक्ष दर्शिले भने ।

मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको घर कालिकोट र आन्तरिक मामिला तथा कानुन मन्त्रि नरेश भण्डारीको घर जुम्ला हो । हुम्ला र मुगु जान हिडेका करिब १४० जना मानिसहरुलाई विना पासको भन्दै दैलेखको गुरास गाँउपालिकाको  गुराउसेमा प्रहरीले रोकेको दैलेखका प्रहरी प्रमुख डिएसपि हरि बहादुर वलीले बताए । पास दिएकाहरुलाई छोडिएको छ जसले पास ल्याएर आएका छैनन उहाँहरुलाई रोकेका छौ वलीले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…