धनगढी आइपुग्यो चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री

धनगढी । संघीय सरकारले चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । चीनबाट आइतबार ल्याइएको स्वास्थ्य सामाग्री सोमबार धनगढी आइपुगेको प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठले जानकारी दिनुभएको हो ।
सुदूरपश्चिमका लागि १० हजार सर्जिकल मास्क, १० थर्मोमिटर, २० हजार पिस पञ्जा, १ हजार अस्थायी पीपीईलगायतका सामाग्री आएको निरीक्षक श्रेष्ठले बताउनुभयो ।