दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी जवानलाई कारवाही सुरु

विद्यानन्द राम
राजविराज । सरकारले आह्वान गरेको ‘लकडाउन’ उल्लंघन गरेको आरोपमा सप्तरीको बलान विहुल गाउँपालिकाका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी बलका प्रहरी जवानलाई कारवाही थालिएको छ ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका प्रहरी जवान मनोजकुमार चौधरीले वडा नम्वर ३ मौवाहाका २४ वर्षीय चन्दर यादव र २६ वर्षीय हरेकृष्ण साहलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । भारत विहार राज्य मधुवनी जिल्लास्थित लौकहा बजारबाट मधुमेहको औषधी खरिद गरेर आइतवार घर फर्किने क्रममा दुवै युवकमाथि कुटपिट भएको हो ।

कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीको चौतर्फी आलोचना हुन थालेपछि प्रहरी जवान चौधरीलाई सोमवार सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराज तानेर घटनाबारे अनुसन्धान थालिएको छ । घटनाबारे अनुसन्धान भईरहेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिएका छन् ।

‘उहाँहरुलाई मालसमान वारपार गर्ने क्रममा यसअघि पनि ३ पटकसम्म सचेत गराईसकेको थियो’ उहाँले भन्नुभयो–‘तर पनि उहाँहरुले अहिलेको अवस्थालाई गम्भिर रुपमा लिएको देखिएन, तथापी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’उता, कुटपिटबाट गम्भिर चोट लागेका दुवै युवकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार पश्चात घर फर्काइएको बलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…