Logo माघ ५, २०७७ सोमबार


कोरोना त्रास : ताप्लेजुङमा एक कैदी छुटे

बसन्त लिम्बू
ताप्लेजुङ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कारागारको भिडभाड हटाउन चैत्र ७ गतेको सर्वोच्च अदालतको आदेश अनुसार ताप्लेजुङमा एकजना कैदी छुटेका छन् ।  सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत ताप्लेजुङद्धारा १ वर्ष कैद र ९० हजार जरिवाना फैसला भएका फुङलिङ नगरपालिका ७ का रमेश कुमार राई धरौटी बुझाएर छुटेका हुन् ।

कार्यालय प्रमुख कुलेन्द्र खवासका अनुसार उनले ४ महिना ४ दिन कैद भुक्तान गरिसकेका थिए । बाँकी ७ महिना २६ दिन कैदवापतको दैनिक ३ सयका दरले ६२ हजार ६ सय रुपैँया धरौटी र फैसला बमोजिमको ९० हजार जरिवाना बुझाएर राई छुटेका हुन् । उनलाई सर्वोच्चको आदेशको बुँदा नं ६ बमोजिम मुलुकी फौज्दारी कार्याविधी संहिता २०७४ को दफा १५५ अनुसार जिल्ला अदालत ताप्लेजुङले धरौटीमा छाड्न आदेश दिएको थियो ।

उनी सँगै अन्य ४ जनाले पनि निवेदन दिएका थिए । उनीहरुको पनि प्रक्रिया अघि बढिसकेको कार्यालय प्रमुख खवासले जानकारी दिए । २५ जना क्षमताको ताप्लेजुङ कारागारमा हाल १ सय १९ कैदि र १७ जना थुनुवा गरि १ सय ३६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन…

काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले…

मेष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ । वृष– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र र मण्डले पथ अवलम्बन गरेको बताउनुभएको…