एसइईका भाइबहिनीलाई चिठी

भाइ–बहिनीहरु यो समयलाई रचनात्मक काममा खर्च गर है

परिवार भनेको माया, ममता, र सुरक्षाको अनुभुति दिने केन्द्र हो । परिवारभन्दा सुरक्षित स्थान अन्यत्र कतै हुँदैन । परिवारभित्र मन लगाएर गरिएका कामबाट तिमीहरुलाई धैर्य गर्ने बानीको विकास हुनेछ । तिमीहरुमा रचनात्मक सृर्जना गर्ने बानीको विकास हुनेछ । यसले कक्षाभित्र रहँदा अनुशासित हुने र रचनात्मक बन्ने बानीको विकासमा सघाउ पुग्ने छ । परिवारभन्दा बाहिर नजाउ । गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेका हुनुपर्छ । नयाँ साथी र नौलो मानिससँग अहिले परिचय नगरेकै बेस् ।

भाइबहिनीहरु यो समयलाई रचनात्मक काममा खर्च गर है !

सबै विद्यालयका भाइ–बहिनीहरु,
चैत ५ गतेपश्चात तिमीहरुका बिद्यालयहरु बन्द भएका छन् । अत्यन्त चञ्चल स्वभावका तिमीहरुका मनलाई पनि बाँधेर घरभित्रै राख्नु पर्ने बाध्यकारी अवस्था नेपालमा पनि सृजना भएको छ । तिमीहरुलाई थाहै छ, विश्वमा कोविड-१९ भाइरसको सन्त्रास फैलिएको करिव तीन महिना पुग्नै लागेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसले आज विश्वमा महामारीको रुप लिएको छ । मानौ तेस्रो विश्व युद्घ नै मच्चाएको छ ।

विश्वका सबै देशहरु यो महामारीबाट त्रसित बनेको अवस्था छ । धेरै देशहरु बन्दाबन्दी (लकडाउन)को अवस्थामा छन् । हामी नेपालीहरु पनि बन्दाबन्दीमै छाैँ । कोरोना भाइरस डरलाग्दो र खतरनाक भएको कुरा हामी सबैले बुझिसकेका छौं । यसले धेरै मानिसको ज्यान लिइसकेको छ । यो भाइरस लागेको व्यक्तिबाट कोही छुने वित्तिकै सरिहाल्ने कुरा सवैले बुझेकै कुरा छ । यो भाइरसको सबैभन्दा चर्को मारमा इटाली, अमेरीका, स्पेन, चीन, जर्मनी, इरान, फ्रान्स, बेलायत लगायतका धेरै देश परेको कुरा पनि तिमीहरुले सुनेकै छौँ होला ।

अहिले काठमाडाैँ शहर सुनसान छ । मानौ, शहरभित्र कोही मानिस छैनन् । शहरबासी सबैले पूर्णरुपमा बन्दाबन्दीको पालना गरिरहेका छन् । यतिबेला शहर धुवाँ, धुलो र ध्वनि प्रदुषणबाट मुक्त छ । यो हुनै पर्ने बाध्यकारी अवस्थालाई सबैले पालना गरिरहेका छौँ । यसलाई सकारात्मक सन्देश मान्नुपर्दछ । यो मौनताभित्र तिमीहरू पनि छौ ।

हामीले बुझेका छौँ, जम्मा ४५ मिनेटको कक्षाभित्र बस्दा तिमीहरु कतिपटक चल्मलाउछौँ र घण्टी बज्नासाथ बाहिर जाने अनुमति माग्नेहरुको घुइचाे कति हुन्छ ! त्यसमाथि भित्रै बस्नुपर्दा तिमीहरुका छट्पटाहट कति छन्, त्यो हामी अहिले सजिलै अनुमान गरिरहेका छौँ । त्यसमाथि पनि भय र त्रासको वातावरणमा बस्नुपर्दा मानसिक रुपमा त्यसले अझै बढी तनाव दिएकै छ ।

एउटा भनाइ छ ‘परिस्थति जस्तोसुकै होस् मनस्थिति ठीक हुनुपर्छ ।’ अहिले हाम्रो बीचमा परिस्थिति विषम छ । यतिबेला हामीले आफ्नो मनस्थितिलाई ठीक राख्नु जरुरी छ । अप्ठ्यारो सधैँ भरिका लागि आउँदैन । त्यो एक दिन सहज भएर जानेछ । विद्यालय फेरी खुल्नेछन् । एसइई दिन नपाएका भाइबैनीहरुका लागि पनि केही नयाँ उपायहरु अवश्य आउने छन । यसैमा हामी आशावादी बनौँ । परिस्थिति सहज नहुँदासम्म तिमीहरु घरमै रहेर निम्नलिखित कामहरू गर्न सक्छौ भन्ने मेरो सुझाव छ है !

नेपालको नक्सालाई राम्ररी कापीमा उतार्ने र त्यहाँ हिमाल, नदी, ताल, उत्पादन क्षेत्र, संरक्षण एरिया, मुख्य शहर, आफू बस्ने ठाउँ कहाँ छन् पत्ता लगाउने र भर्ने अभ्यास गर, जुन तिमीहरुले कक्षामा सिकिसकेकै छौँ । 

एसइई दिने भाइबहिनीहरू बढी समय पाएकोमा खुशियाली मनाउ । राम्रोसँग पढ्न नभ्याएका सबै विषयका अभ्यासलाई बारम्वार दोहोर्याएर पढ । गणित र विज्ञानका अभ्यासलाई निरन्तरता देउ । समसामयिक घटना र समाचारहरु सुन । नेपालको नक्सालाई राम्ररी कापीमा उतार्ने र त्यहाँ हिमाल, नदी, ताल, उत्पादन क्षेत्र, संरक्षण एरिया, मुख्य शहर, आफू बस्ने ठाउँ कहाँ छन् पत्ता लगाउने र भर्ने अभ्यास गर, जुन तिमीहरुले कक्षामा सिकिसकेकै छौँ । नेपाली लगायत अन्य विषयका लागि आफ्नो हस्तलेखनलाई राम्रो बनाउने आभ्यास गर । पढ्न अल्छी लागेको बेलामा लेख्ने अध्यास गर । यो समयलाई भरपुर प्रयोग गर ।

अन्य कक्षामा अध्ययन गर्ने भाइबहिनीहरुले यो समयलाई आफ्ना परिवारका साथमा खाना बनाउने, करेसाबारीमा फूल रोप्ने, तरकारीबारीमा काम गर्ने, पानी हाल्ने, हजुरबुवा र हजुरआमासँग पुराना कथाहरु सुन्ने, उहाँहरुले गर्नुभएका दुःख, संघर्ष र वीरताका कथाहरु सुन्ने, आफ्नो घर–आँगन सफा गर्ने, आफ्नो सुत्ने कोठा सफा गर्ने लगायतका विभिन्न कामहरु गर्न सक्छौ ।

आफ्नो घरमा जे–जस्तो उपलब्ध छ, त्यसकै आधारमा सकेसम्म मिठा–मिठा परिकारहरु बनाउन आमा तथा परिवारका अरु भान्सामा काम गर्ने सदस्यलाई सघाउने गरेर समय बिताउन सक्छौ । परिवारभित्र तिमीले मिलेर काम गर्दा सामूहिक भावना र अपनत्वको विकास हुनेछ । परिवार नै त्यस्तो ठाउँ हो, जहाँ तिमी सुरक्षित र आनन्दित हुन सक्छौ ।

तिमीहरु भर्खर मात्र वार्षिक परीक्षा दिएर बसेका कक्षा एकदेखि नौसम्मका विद्यार्थीहरुका लागि यो समय धेरै महत्वपूर्ण छ । घरमा बसेर कथा, कविता, गीत, निबन्ध इत्यादि लेख्ने रुची छ भने गीत गाउन प्रयास गर्ने, टेलिभिजनमा आएका तिमीहरुलाई मनपर्ने कार्यक्रमहरु हेर्ने इत्यादि गरेर परिवारभित्रै तिमीहरुले यो समयलाई रमाइलोसँग बिताउन सक्छौ । धेरैबेर टेलिभिजन हेर्न भने हुँदैन है । घरभित्रै खेल्न सकिने लुडो, चेस, क्यारेम्बोर्ड र आफ्नो घरकै आँगनमा टेबुल टेनिस जस्ता खेलहरु खेलेर पनि समय बिताउन सक्छौ । घरभित्रै बसिरहेको यो समयमा ध्यानका विधिहरु पनि टिभी र यूट्यूवबाट हेरेर गर्न सक्छौ ।

अर्को कक्षामा जान रिजल्ट पर्खेर बसेका भाइबहिनीहरुले आफ्नो लेखाइ सुधार्न र अक्षर राम्रा बनाउनका लागि अहिले सुनौलो समय छ । भविष्यमा यतिका धेरै फुर्सदको समय बिरलै पाइएला । प्रत्येक दिन कम्तिमा दुई पन्ना हस्तलेखन गरेर आफनो लेख्ने कला र अक्षर सुधार गर । राम्रा अक्षर हुनु तिम्रो व्यक्तित्व विकासका लागि ठूलो सहयोगी कुरा हुनेछ ।

परिवार भनेको माया, ममता, र सुरक्षाको अनुभुति दिने केन्द्र हो । परिवारभन्दा सुरक्षित स्थान अन्यत्र कतै हुँदैन । परिवारभित्र मन लगाएर गरिएका कामबाट तिमीहरुलाई धैर्य गर्ने बानीको विकास हुनेछ । तिमीहरुमा रचनात्मक सृर्जना गर्ने बानीको विकास हुनेछ । यसले कक्षाभित्र रहँदा अनुशासित हुने र रचनात्मक बन्ने बानीको विकासमा सघाउ पुग्ने छ । परिवारभन्दा बाहिर नजाउ । गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेका हुनुपर्छ । नयाँ साथी र नौलो मानिससँग अहिले परिचय नगरेकै बेस् ।

भाइबहिनीहरुले घरमा आफ्नो विद्यालयले निकालेको शैक्षिक क्यालेण्डर अवश्य पनि राखेकै छौ होला । त्यो क्यालेण्डरमा तिम्रा सर र मिसहरुका फोन नम्बरहरु पनि छन् । यो समयमा तिमीहरुलाई खुल्दुली लागेका कुराहरु उहाँहरुलाई फोनमार्फत पनि सोध्न सक्छौ । विद्यालय बन्द हुँदा हामी फेसबुक, इमेल र म्यासेन्जरमार्फत पनि आफ्ना जिज्ञासा मेटाउन सक्नेछौँ ।

समय र परिस्थितिले ल्याएको अप्ठयारोलाई यसरी तोडौँ र जीवित सम्पर्कलाई जोडौँ । समयलाई खाली बसेर खेर नफालौं है । आफूलाई क्रियाशील बनाउ । शान्त र सुरक्षित भएर घरमै बसौं है सबैजना । कत्ति पनि हतास नहोउ । समय बिस्तारै फेरिनेछ । आजलाई यति मात्रै ।

(लेखिका श्री कंकाली माध्यमिक विद्यालय, नैकाप, काठमाडौंमा सामाजिक विषय अध्यापन गर्नुहुन्छ )

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…