भोजपुरमा क्वारेन्टाइनमा बस्नेकाे संख्या ११ पुग्याे

कविता खड्का
भोजपुर । भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ११ पुगेको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा गरी क्वारेन्टाइनमा बस्नेको संख्या ११ पुगेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

साल्पासिलिछो गाउँपालिका १ कुलुङको काम्लेटारमा रहेको सिंहमालिका माध्यामिक विद्यालयको कोठामा ९ जना क्वारेन्टाइनमा छन् । संखुवासभामा निमार्णाधिन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्दै आएका वडा नम्बर १ का ९ जना क्वारेन्टाइनमा रहेका गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिनुभयो ।

उनीहरु २५ गते राती १२ बजेसम्म लकडाउन गर्ने सरकारको निर्णय पछि १७ गते संखुवासभाबाट भोजपुरतर्फ आएका हुन् । उनीहरुलाई देखेपछि स्थानीयले प्रहरी र वडा कार्यालयमा जानकारी गराएका थिए । कोरोना भाइरसको संक्रमणको आशंकामा उनीहरुलाई वडाले बनाएको क्वारेन्टाइनमा बस्न आग्रह गरिएकोमा उनीहरु आँफैले घर नजिक रहेको विद्यालयमा १४ दिन बस्ने सहमति भएपछि उनीहरुलाई छुट्टै खानाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिनुभयो । अहिले उनीहरु ९ जनाकै अवस्था सामान्य रहेको छ ।

त्यस्तै षडानन्द नगरपालिकाका २ जना पनि क्वारेन्टाइनमा रहेका छन् । ४ चैतमा कतारबाट जहाजमा नेपाल आएका भोजपुर नेपालेडाँडाका एक युवक र भारत सुनौली भन्सार हुँदै आएका सोही ठाउँका २० वर्षीय एक युवक पनि उनीसँगै क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…