मालवाहक सवारीमा भारत जाँदै गरेका ३५२ जना भारतीय पक्राउ

वीरगञ्ज । मालवाहक सवारी साधन र पैदलयात्राबाट भारततर्फ जाँदै गरेका ३ सय ५२ जना भारतीय नागरिक पक्राउ परेका छन् । लकडाउनको समयमा वीरगञ्ज नाका हुँदै भारत जाने क्रममा रहेका बालबालिका, महिलासहित ३ सय ५२ भारतीय नागरिकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँच महिला, ११ बालबालिका र ३३६ पुरुष रहेको प्रहरीले जनाएको छ । काठमाडौं, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।

उनीहरुलाई वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको छ । उनीहरुलाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रवन्ध गरेको छ । नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बस्ने बैठकले के कारवाही गर्ने विषयमा निर्णय गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…