अष्ट्रेलियाका नागरिकलाई आज जहाज चार्टर गरेर पठाइँदै

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ ५ बजे अष्ट्रेलिया पठाउन लागिएको हो । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लग्न नेपालस्थित अष्ट्रेलिया दूतावासको पहलमा निगमको विमान चार्टर गरिएको हो ।

निगमको जहाज काठमाडौंबाट मलेसियाको क्वालालम्पुर अवतरण हुनेछ । त्यहाँ इन्धन भरेर अष्ट्रेलियाको ब्रिसवेनतर्फ प्रस्थान गर्नेछ । लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका अष्ट्रेलियाका नागरिकलाई नेपाल पर्यटन बोर्डको पहलमा काठमाडौं ल्याइएको हो । दूतावासले अष्ट्रेलियाको सिड्नी उडान गर्ने भनी सूचना सार्वजनिक गरे पनि ब्रिसबेन उडान गर्न लागिएको हो ।

दूतावासका अनुसार अष्ट्रेलियन नागरिक र बसोबासको लागि परिचयपत्र पाएका नेपाली मात्रै चार्टर उडानमा जान पाउनेछन् । चार्टर उडानका लागि इकोनोमी क्लासको टिकट दर एक हजार ८ सय अमेरिकी डलर अर्थात् नेपाली करिब २ लाख १६ हजार रुपैयाँ र विजनेस क्लासको टिकट दुई हजार ३ सय डलर अर्थात २ लाख ७६ हजार रुपैयाँ लिइएको छ ।

दूतावासका अनुसार ४ सय बढी अष्ट्रलियन नागरिक र १ सय ८७ पीआर लिएकाहरु छन् । नेपालबाट चार्टर उडान गरेर जाने निगमको विमानले अष्ट्रेलियाबाट नेपालीसहित कुनै पनि यात्रु भने लिएर आउन पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…