कमजोरलाई निःशुल्क दाह संस्कार गरिने

काठमाडौं । सरकारले आर्थिक अवस्था कमजोर भएका परिवारका मृतकलाई निःशुल्क दाह संस्कार गर्ने भएको छ ।  आर्थिक अवस्था कमजोर भएका परिवारका मृतकलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क दाह संस्कारको व्यवस्था गरेको हो ।

उनीहरुको पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा संस्कारको प्रबन्ध मिलाएको कोषले जनाएको छ  । लग डाउनको समयमा कमजोर आर्थिक अवस्था भएकालाई दाह संस्कारका लागि पैसा जुटाउन झन कठिन हुने भन्दै निःशुल्क दाह संस्कारको व्यवस्था मिलाइएको छ ।

सामान्य अवस्थामा कुनै सामाजिक संस्थाको सिफारिसमा आएका गरिब परिवारलाई मात्रै यो सुविधा दिँदै आएको भए पनि हाल बिनासिफारिस निःशुल्क दाह संस्कारको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । यो सुविधा विद्युतीय शव दाह गृहमा मात्रै प्रदान गरिएको छ । दाउराले जलाउने ठाउँमा भने तोकिएको शुल्क तिर्नुपर्ने कोषका सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…