लकडाउनमा पसल खोल्न लगाई व्यापारीको हत्या

 बझाङ ।   तल्कोट गाउँपालिकामा लकडाउनकाे बेला  पसल खोल्न लगाएर व्यापारीको हत्या भएकाे छ । वडा नम्बर १ का व्यापारी ७६ वर्षिय डबलबहादुर कुँवरलाई अज्ञात समूहले मंगलबार पसल खोल्न लगाएर हत्या गरेको हो । राति पसल बन्द गरेर सुतेका कुँवरलाई सामान किन्ने काम छ भन्दै पसल खोल्न लगाइ काठले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेको उनी बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए । हत्यापछि उनको पसलबाट  चुरोट लगायत अन्य सामग्री पनि चोरी भएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएकोे छ ।

सुतेका उनलाई समान किन्ने निहुँमा पसल खोल्न लगाई काठले पटक पटक टाउँकोमा हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नेत्र बोहराले बताएका छन् । शंकास्पद २ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…