काठमाडौं । बन्दाबन्दी (लकडाउन)का कारण सडकमा मानिसको चहलपहल निकै पातलो छ । सधैँ जाम भइरहने सडकहरु अहिले सुनसान छन् । सरकारले लकडाउनको समय चैत २५ सम्म थप गरी कडाइका साथ लागू गरिरहेको छ ।
विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिर्जित यस्तो विषम अवस्थामा तपाईँले आफ्नो बैंकिङ् आवश्यकता कसरी पुरा गरिरहनु भएको छ ? घरभित्रै बसेर भइरहेको कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एन आईसी एशिया बैंकले घरैबाट निशुल्क अनलाइन खात खोल्ने सुविधा दिएको छ । जसले गर्दा खाता खोल्न बैंकको शाखासम्म पुग्ने समयको बचतसँगै ग्राहकहरुलाई सहज पनि भएको छ । एनआईसी एशिया बैंकका अनुसार निम्न ८ चरणमा घरबाटै निशुल्क खाता खोल्न सकिने छ ।
स्टेप १
निशुल्क अनलाईन खाता खोल्नका लागि सबैभन्दा पहिले बैंकको आधिकारीक वेवसाइटमा जानुपर्दछ । एनआईसी एशिया बैंकको आधिकारीक वेवसाइट www.nicasiabank.com जुनसुकै ब्राउजरबाट खोल्न सकिनेछ ।
स्टेप २
बैंकको वेवसाइट खुलिसकेपछि त्यहाँबाट बैंकको बारेमा विभिन्न जानकारी लिन सक्नुहुनेछ । तर अनलाईन खाता खोल्नको लागि भने दोस्रो चरणमा वेवसाइटको दायाँ कुनामा रहेको Apply Now मा क्लिक गर्नुपर्छ तयसपछि आएका तीन विकल्प मध्ये Online account Opening छान्नुहोस् ।
स्टेप ३
बैंकले दुवै मुद्दती खाता र बचत खता अनलाईन खोल्न सकिने सुविधा दिएको छ । तपाई कुन बचत खाता वा मुद्दती खाता कुन खोल्न चाहनुहुन्छ सोही खाता छनाेट गर्नुहोस् । बचत खाता खोल्न चाहनुहुन्छ भने पनि त्यसभित्र तपाईँले न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबुनानी बचत खाता र न्यू सुपर चमत्कारिक वैदेशीक रोजगार बचत खाताहरु मध्ये कुनै एउटा खाताको छनाेट गर्नुपर्छ । खाताको बारेमा तथा खाताका अन्य विशेषताहरु जान्न मन लागेमा View Details मा जान सक्नुहुनेछ भने तपाइँले यसअघिनै आफूले खोल्ने खाताको बारेमा निर्णय गरिसक्नुभएको छ भने खाताको तल रहेको Apply Online मा क्लिक गर्नुहोस् ।
स्टेप ४
त्यसपछिको चरणमा यसअघि बैंकमा खाता भए नभएको पक्का गर्नुहोस । त्यसपछि तपाईँले accept the terms and conditions of NIC Asia Bank मा क्लिक गर्नुपर्नेछ । त्यसतल तपाईँलाई अनलाईन खाता खोल्न आवश्यक कागजातहरुको बारेमा जानकारी राखिएको छ । नेपाली नागरिकको हकमा अनलाईन खाता खोल्नको लागि पीपी साइजको एउटा फोटो, नागरिकताको प्रमाण पत्रको फोटोकपी र विदेशी मुद्राको खाता खोल्दा भने विदेशी मुद्रा आम्दानीको स्रोत पनि देखाउनु पर्छ । विदेशी नागरिकको हकमा भने यस बाहेक भिसा मिति सहितको पासपोर्ट र एनआरएनको कार्ड पनि आवश्यक पर्छ ।
स्टेप ५, ६ र ७
तपाईले एनआईसी एशिया बैंकको शर्तहरुमा मन्जुरी जनाइसकेपछि तपाईको कम्प्यूटरमा एउटा फर्म देखा पर्छ । तपाईले उक्त फर्ममा आफ्नो नागरिकतामा भए बमोजिमको नाम, वतन, फोन नम्बर, जन्म मिति आदी भर्नुपर्ने छ । यो सँगै तपाईले फर्मको दायाँ भागमा रहेको सिल्भर, गोल्ड र डाइमण्ड मध्ये कुनै एउटा खाता छनौट पनि गर्नुपर्छ ।फर्ममा आवश्यक सबै तथ्य भरिसकेपछि अन्तमा रहेको Proceed मा क्लिक गर्नुहोस् ।
स्टेप ८
तपाईले फर्ममा दिएको सुचना सबै सहि छ भने खाता खुलेको जानकारी पाउनु हुनेछ । तपाईले फर्ममा उल्लेख गरेको इमेल ठेगानामा तपाईको खाता खुलेको आधिकारीकता दिने कोर्ड आउनेछ ।
यसरी घरैभित्र बसेर खाता खोल्दा बैंकसम्म पुग्ने समय लाग्ने समयको पनि बचत हुन्छ । त्यसपछि घरबाटै तपाईले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्गको सुविधा समेत लिन सक्नुहुनेछ । यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले सबै विद्युतीय बंैकिङ्ग माध्यमबाट हुने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निशुल्क गर्न सकिने सुविधा दिएको छ । यसबाहेक, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।
विश्वव्यापी महामारीको यस असहज परिस्थितिमा यावत चुनौती तथा समस्याहरुको बाबजुद पनि बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । ग्राहकहरु हाम्रा भगवान हुन् र ग्राहकहरुको इच्छा, चाहना तथा आवश्यकताहरु जस्तो सुकै परिस्थितमा पनि परिपूर्ति गर्नु नै आफ्नो परमधर्म हो भन्ने तथ्यलाइ ह्दयंगम गर्दै बैंकले आफूलाइ सम्पूर्ण रुपमा आम ग्राहकहरुको सेवामा सदैव समर्पित गर्दै आएको छ र जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुलाइ उत्कृष्ट सेवा प्रदान गर्नको लागि सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी भन्ने मुल मन्त्रका साथ एनआईसी एशिया बैंकले बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने brand promise लाइ चरितार्थ गर्दै एक वास्तविक साथीको पहिचान बनाउने प्रतिवद्धता र प्रण गरेको बैंकले जनाएकाे छ ।